10 Home Remedy for Acne | How to Get Rid of Acne

How to Get Rid of Acne डन्डिफोर र कालोपन हुनुकाे कारण : गुलियो खाना, मोटोपन, तेल, सी फुड, अल्कोहल, मानसिक तनाब, रिस, गर्मी, पिरो–मसलेदार भोजन, बट्टामा राखिएका खाद्यपदार्थ, जंक फुड, अत्यधिक तैलीय छाला आदिका कारण अनुहारमा डन्डिफोर तथा कालोपन उत्पन्न हुन्छ ।

Home Remedy for Acne

उपचार : 1. अनुहारमा हर्बल फेसप्याक लगाउने, युकेलिप्टस एसेन्सियल आयल लगाएर स्टिम बाथ लिने । नियमित रूपमा आधा घन्टा व्यायाम गर्ने, जसबाट पसिना निस्कियोस् ।  एस्ट्रिजेन्ट, टोनर आदि नलगाउने । हर्बल पाउडर तथा गुलाबजलले मात्र अनुहार धुने ।

2. दुई पटकभन्दा बढी साबुनले अनुहार नधुने । एस्ट्रिजेन्ट लोसनले अनुहार सफा गर्नाले छालाको तैलीयपनमा कमी आउँछ तर सोझै एस्ट्रिजेन्ट मात्र नलगाउने । गुलाब जल तथा एस्ट्रिजेन्ट बराबर मात्रामा मिसाएर दिनमा दुई–तीन पटक लगाउने ।

3. ब्ल्याक हेड्स तथा डन्डिफोरलाई जबर्जस्ती हटाउने प्रयास नगर्ने । त्यसलाई नङले समेत कोट्याउनु हुँदैन । ब्युटिपार्लरमा गएर अनुहार सफा गराउन सकिन्छ । दिनमा एकपटक अनुहारमा दही लगाउने र १५–२० मिनेटपछि धुने । दहीमा पाइने इन्जाइमले पनि एक्नेको उपचारमा सहयोग पुग्छ ।

4. अनुहारको डन्डिफोरमा ताजा लसुनको पेस्ट लगाउँदा डन्डिफोर कम हुँदै जान्छ ।
5. काटेको प्याज डन्डिफोर आएको ठाउँमा २० मिनेटजति राख्ने । त्यसको एन्टी फंगल तथा एन्टी इन्फ्लेमेटरी गुणले डन्डिफोरलाई पूर्णरूपमा बाहिर निस्कन दिँदैन ।

6. टमाटर तथा कागतीको रस मिसाएर अनुहारको मसाज गर्ने । १५ मिनेटपछि अनुहार पखाल्ने । प्रत्येक २ दिनपछि यो प्रक्रिया दोहोर्‍याउने । यसले अनुहारको अनावश्यक तैलीयपन कम हुन्छ ।
7. स्याउको बोक्रा ताछेपछि भित्रको भागलाई ब्लेन्डरमा ब्लेन्ड गर्ने । यसलाई अनुहारमा आधा घन्टासम्म राखेपछि चिसो पानीले पखाल्ने ।

Home Remedy for Acne | How to Get Rid of Acne

How to Get Rid of Acne

8. स्ट्रबेरी (यसको साटो अन्य कुनै पनि फलफूल लिन सकिन्छ) मा थोरै दही मिसाएर लेदो बनाउने र अनुहारमा लगाउने । केही मिनेटपछि अनुहार सफा गर्ने ।
स्ट्रबेरी, अंगुर, स्याउ तथा सुन्तलालाई एकैपटक ब्लेन्ड गर्ने । अनुहारमा सख्खरको पातलो लेप दली यो फलफूलको पेस्टलाई मास्कजस्तै गरी लगाउने । आधा घन्टापछि अनुहार धुने ।

9. चन्दन पाउडरले डन्डिफोरको उपचारका साथै सुरक्षा कवचको पनि काम गर्छ । चन्दनमा औषधीय गुण हुन्छ । यसबाहेक चन्दन एउटा उत्कृष्ट सनस्क्रिन पनि हो ।

यदि चन्दन पाउडरलाई गुलाबजलसँग मिसाएर डन्डिफोर आउनासाथ लगाउने हो भने डन्डिफोर बढ्न पाउँदैन ।
मेवा, टमाटर तथा कागतीको रस मिसाएर बनाइएको प्याक अनुहारमा लगाएर हल्का हातले मसाज गर्ने ।

10. आधा–आधा कप अनारको रस तथा अनारको लेदो (रस निकालेपछि बचेको भाग) लाई छुट्याएर राख्ने र कपासको सहयोगले अनुहार एवं घाँटीमा लगाउने । तीन मिनेटसम्म त्यत्तिकै छाडेपछि लेदो अनुहार तथा घाँटीमा दल्ने । पछि हल्का मनतातो पानीले सफा गर्ने ।